आज पनि १३ सयले बढ्याे सुनकाे मूल्य

अर्थ बजार

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १३ सय र चाँदी ५० ले बढेको छ ।

बिहीबार प्रतितोला १ लाख ५६ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ५७ हजा र९ सय कायम गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भइरहेको भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य दुई हजार सात सय १४ दशमलव ९८ अमेरिकी डलरमा कायम भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *