आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ बजार

काठमाडौं ,पुस १७ गते । घरेलु बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको भाउ भो स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *