आठ वर्षकी नाबालिग बलात्कारको आरोपमा पूर्वशिक्षक पक्राउ

अपराध

हेटौँडा ९ मा भएको घटनामा ८ वर्षका नाबालिग बलात्कारको आरोपमा एक जना पूर्वशिक्षकलाई पक्राउ गरिएको हो ।

नावालिगको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले अन्दाजी ५० वर्षका पुरुषलाई नियन्त्रणमा लिएको हो ।

घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए ।

हेटौँडा(९ को प्रगति माविमा अध्ययन गर्ने नाबालिगलाई अहिले सिविन बाल हेल्पलाईनको संरक्षणमा राखिएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *