नयाँ वर्ष २०२५ शुरु हुदैं छ। २०२४ साललाई विदाई गर्दै नेपाली तथा विदेशीहरु एकआपसमा शुभकामना आदान–प्रदान गरेर नयाँ वर्ष २०२५ लाई स्वागत गर्दैछन्। कतिपय मानिसहरू नयाँ वर्षमा नयाँ योजना तथा कार्यको थालनी गर्छन्। नयाँ वर्षको दिनमा शुभारम्भ गरिएको कार्यले वर्षभरी नै खुशी मिल्ने विश्वास पनि राखिन्छ।
स्वस्थ जीवनका लागि असल खानपान हुन अति आवश्यक छ।
आज हामी तपाईंलाई असल खानपानका उपायबारे केहि जानकारी गराउँछौं।
यी हुन् असल खानपानका उपायहरुः
- फलफूल र हरिया सागसब्जी।
- पर्याप्त मात्रामा सफा पानी पिउने।
- नियमित रूपमा व्यायम गर्ने।
- माछा, मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने।
- दाल र गेडागुडी हरेक दिन उपभोग गर्ने।
- खानपान सम्बन्धि अन्धविश्वासबाट सावधान हुने।
- मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने।
- पौष्टिक तत्व कम भएका तथा बढी गुलिया, चिल्ला र नुनिला खाने कुरा कम मात्रामा उपभोग गर्ने।