कोलम्बियामा सेना र फार्स लडाकु समूहबीच भिडन्त : १०० जनाको मृत्यु

अन्तर्राष्ट्रीय

काठमाडौं । ल्याटिन अमेरिकी देश कोलम्बियामा राष्ट्रिय सेना र फार्स लडाकु समूहबीचमा भिडन्त भएको छ । भिडन्तमा परेर १०० जनाको मृत्यु भएको छ ।

जर्मनीको विश्व च्यानल  डीडब्लूका अनुसार भिडन्तमा परेर २० हजार बढी विस्थापित भएका छन् ।

लडाकु समूह फार्सले नियन्त्रण लिन खोजेको क्षेत्रमा सेनाले चलाएको कारबाहीमा यस्तो भएको हो ।

संयुक्त राष्ट्रसंघले ३० जनाको अपहरण भएको तथा एक हजार जना धरापमा परेको बताएको छ ।

राष्ट्रसंघले शान्तिको लागि अपिल गरेको छ । भेनेजवेलाको सीमा क्षेत्रको भएको उक्त घटनामा पाँच हजार सेना परिचालन गरिएको छ भने संकटकाल घोषणा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *