छुट्टाछ्ट्टै दुर्घटनामा पाँच घाइते

राष्ट्रिय

बर्दीबासको छुट्टाछुट्टै तीन ठाँउमा भएको मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते भएका छन् । बर्दीबास १४ स्थित पूर्वपश्चिम लोकमार्गमा विपरित दिशातर्फ गइरहेको दुई वटा मोटरसाईकल आपसमा ठक्कर खाँदा दुवै चालक घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी बर्दीबासका अनुसार १२ प ७३१६ नं मोटरसाइकलबाट सर्लाहीतर्फ जाँदै गरेका धनुषा गणेशमान चारनाथ ६ गोदारका ३९ वर्षिय राकेशलाल कर्णको बायाँ खुट्टा भाँचिएको छ । त्यस्तै बाप–०२–०५४ प ६९८४ नम्वरका मोटरसाईकलबाट पूर्वतर्फ आउँदै गरेका महोत्तरी गौशाला १ का १६ वर्षिय राकेश सिंहको दाहिने हात भाँचिएको छ ।

बर्दीबास जलेश्वर फिडर रोडको वडा नं १४ तामाङ टोलस्थित भित्री सडकमा बा ३३ प ९५२१ नंको स्कुटरले ठक्कर दिँदा ७ वर्षिय पैदलयात्रु संस्कार तामाङ घाइते भएको प्रहरीले जनाएको छ । बालक तामाङको दुबै हात र खुट्टामा चोट लागेको छ ।

घाइतेहरुलाई बर्दीबासस्थित शुभ स्वास्तिक असपतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यसअघि राती ९ बजेतिर बर्दीबास १ स्थित पूर्वपश्मि लोकमार्गमा पश्चिमतर्फ जादै गरेको स ९ प ७०३७ नंको मोटरसाईकलले ठक्कर दिदा एक पैदल यात्री घाइते भएका छन् ।

दुर्घटनामा घाइते सिरहा धनगढी १३ का ५० वर्षिय पैदल यात्री गोपाल मिझारको अवस्था गंभिर छ । उहाँको टाउको र छातीमा गम्भिर चोट लागेको छ । सोही दुर्घटनामा परि महोत्तरी सोनमा ५ खयरवन्नीका २४ वर्षिय मोटरसाइकल चालक अखिलेशकुमार महतोको ओठ, खुट्टा र टाउकोमा चोट छ ।

इलाका प्रहरी बर्दीबासका डिएसपी रेवतीरमण पोखरेलकाअनुसार अवस्था थप गम्भिर भएपछि मिझारलाई जनकपुरस्थित जानकी हेल्थ केयरबाट काठमाडौं ट्रमा सेन्टर लगिएको छ । अर्का घाइते महतोको भने सोही असपतालमा उपचार भइरहेको डिएसपी पोखरेलले बताउनुभयो । दुर्घटनामा संलग्न ४ वटै मोटरसाईकललाई बर्दीबास प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *