जुम्लामा आगलागीबाट जलेर एक जनाको मृत्यु

राष्ट्रिय

जुम्ला, माघ १४ गते । सिञ्जा गाउँपालिका जाँचमा गाउँको वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक क्षेदिलाल कामतिका अनुसार सिञ्जा गाउँपालिका वडा नम्बर १ जाँच निवासी ८१ वर्षीय भद्दे रावलको आगलागीबाट मृत्यु भएको हो ।

रुपाकोट सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *