तीन रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज

अर्थ बजार

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरिदिएको छ । राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोडर्न रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालिको इजाजतपत्र खारेज गरिदिएको हो ।

नमस्ते रेमिट नयाँ बानेश्वरमा रहेको थियो भने मोडर्न कमलपोखरी र भाटभटेनी कान्तिपथमा रहेको छ । यी कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ ९प्रथम संशोधनसहित० को विनियम(१३ को उप(विनियम ९५० बमोजिम खारेज गरिएको हो ।

यी कम्पनीहरुसंग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन ९विप्रेषणसँग सम्बन्धित कारोबार मात्र० रकम बाँकी भए ३५ दिनभित्र लिखितरुपमा दाबी पेश गर्न समेत आग्रह गरिएको छ ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा कम्पनीहरूको बैंक जमानत फुकुवा हुने ब्यहोरा समेत राष्ट्र बैंकले जनाएको छ ।

यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाब मिलान हुने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *