काठमाडौं । प्रशंसा कुनै कामप्रतिको सकारात्मक प्रतिक्रिया हो । बालबालिकाको आत्मविश्वास र उत्साह बढाउन हामी उनीहरुको प्रशंसा गर्छौं ।
प्रशंसाका कारण बालबालिकामा काम गर्ने उत्साह र गर्न सक्छु भन्ने भावनाको विकास हुन्छ । तर आवश्यकता भन्दा बढी प्रशंसाले बेफाइदा पनि गर्न सक्छ । अति प्रशंसा गर्दा बालबालिका ‘ओभर कन्फिडेन्ट’ हुन्छन् । जसका कारण कुनै गल्ती गर्दा पनि अभिभावक आफूप्रति आश्वस्त भएको सोच्छन् । त्यसैले आफ्ना सन्तानको प्रशंसा गर्दा आमाबुवाले सावधानी अपनाउनुपर्छ ।
हरेक अविभावकले बालबालिकाको प्रशंसा गर्दा यी कुरालाई ख्याल राख्नुहोस्:
- सबै आफन्तको अगाडी नराम्रो भन्ने बानि गर्नु हुदैन
- बालबालिकाको झुटो प्रशंसा नगरौं
- अरुसँग तुलना नगरौं
- बालबालिकाको नियन्त्रणमा भएका कुराको मात्रै प्रशंसा गर्ने