नदी किनारमा बेवारिसे शव फेला

राष्ट्रिय

फिदिम, माघ १० गते । तुम्वेवा गाउँपालिका–१ र तेह्रथुम–६ थर गाउँपालिका ४ को सिमानामा पर्ने तमोर खोला किनारामा बेवारिसे शव फेला परेको छ । बुधबार दिउँसो स्थानीयले तमोर खोलामा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको पहिचान हुन नसकेको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरको शव गृहमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल साहले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार शवको पहिचान गर्न र घटनाका कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *