नेपाली काँग्रेसको तारकेश्वर नगरसभापतिमा कृष्णहरि महर्जन विजयी

स्थानीय

नेपाली काँग्रेस तारकेश्वर नगरसभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन् । उनका प्रतिस्पर्धी श्रीराम थापालाई ११४ मतअन्तरले बिजय भएका हुन ।

जम्मा २५८ मत खसेकोमा मा उनले १३५ मत प्राप्त तथा श्रीराम थापाले ११४ मत ल्याएका छन् । त्यस्तै अर्का सभापतिका उम्मेदवार मुकुन्द तिमिल्सिनाले २ भोट प्राप्त गरेका छन् ।

त्यस्तै नगर उपसभापतिमा नवराज अर्याल र जमुना तिमिल्सिना विजयी भएका छन् । नगर सचिवमा राजु फुयाँल र शंकर तिमिल्सिनाले जित हासिल गरेका छन् । सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएकी छिन् ।

काठमाडौं जिल्लाका १ महानगरपालिका र ९ नगरपालिकामा शनिबार अधिवेशन भएको हो । अधिकांश पालिकामा निर्वाचनबाटै नेतृत्व चयन भएका छन् । दक्षिणकाली नगरपालिकाको एउटा वडामा अधिवेशन नभएका कारण शनिबार पालिका अधिवेशन हुन नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *