पुर्खौली सिप संरक्षणमा विद्यार्थी

राष्ट्रिय शिक्षा/स्वास्थ्य स्थानीय

गाउँमा भएका युवाहरु रोजगारको लागि विदेशीने क्रम बढ्दो छ । युवा विदेशीदा गाउँ सुनसान छ, परम्परागत सिप पनि हराउन थालेको छ । पछिल्लो समय विभिन्न जातजातिहरुले बजाउने बाजा लोप हुन थालेसगै संरक्षणमा नवलपुरका बालबालिका लागि परेका छन् । अहिले शिक्षासँगै पुर्खोली सिपको विकास गर्न बालबालिकाहरु सक्रिय भएका छन् ।

नवलपुर जिल्लाको देवचुली नगरपालिकाभित्र रहेका विद्यालयले शिक्षासँगै सिपको विकास गराउन जोड दिएका छन् । देवचुली वडा नं १६ का बालबालिकाहरु अहिले समुह नै बनाएर बाजा सिक्ने र विभिन्न कार्यक्रममा पढाइसँगै बाजा बजाउन जाने गरेका छन् ।

देवचुली १६ का दश वर्षीय होम थापाले फुर्सद र बिदाको दिन बाजा बोक्ने गरेको बताउनुभयो । आफ्नै गाउँको अभिभावकले सिकाएको ढोलक, सनही र नरसिंहा बाजा बजाउन सिकेकाले विभिन्न कार्यक्रममा जाँदा वा विद्यालयमा नै बाजा बजाउने गरेको उहाँको भनाइ छ । हामीलाई विद्यालयमा विभिन्न सिप पनि सिकाएको छ, बिदाको सदुपयोग पनि भएको छू, थापाले भन्नुभयो ।

विद्यार्थीको जीवनमा पढाइ मात्र नभएर बाहिरी कुराको पनि सिको हुनुपर्ने र विद्यालयले त्यो सिकाइ प्रदान गरिरहेको बताउनुभयो । उहाँ जस्तै देवचुली माविका विद्यार्थी सम्राठ नेपालीले शिक्षासँगै आफूहरुले पुर्खोली बाजा बजाउन पर्छ र लोप भएको बाजालाई फेरी जागरुक गराउनुपर्छ भन्ने उद्देश्ले आफू र अरु साथिहरुसँगै मिलेर विभिन्न कार्यक्रमहरुमा बजाउने गरेको बताउनुभयो ।

देवचुली माध्यमिक विद्यालयले शिक्षासँगै बाजा बजाउन सिकाउने अभियान चलाएर आफूलाई सहजकर्ताको रुपमा बोलाएपछि विद्यालयमा गएर बाजा बजाउन सिकाएको भिमबहादुर परियारले बताउनुभयो । अहिले बालबालिकाहरु आफुले भन्दा पनि राम्रो बाजा बजाउने गरेको परियार बताउनुहुन्छ । अभिभावकको समेत समर्थन र सहयोग रहेको भन्दै बाजा सिकाउने अभियान प्रभावकारी बन्दै गएको परियारले बताउनुभयो ।

नौमती बाजा दलित समुदायको मौलिक बाजा भएपनि पछिल्लो समय सबैले बजाउन थालेको भीमसेन आर्दश माध्यमिक बिद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताउनु भयो । अहिले भीमसेन आर्दश माध्यमिक विद्यालयका विद्यार्थीले उत्कृष्ट रुपमा बाजा बजाउन थालेका र यस प्रति विद्यार्थीको आर्कषण बढेको बिद्यालयका प्रधानाध्यापक भुसालले बताउनुभयो । उहाँले अन्य विद्यालयहरूले पनि विद्यार्थीहरूलाई शिक्षासँगै सिपमुलक र कला सम्बन्धी कुराहरू सिकाउनु पर्ने बताउनुभयो ।

पछिल्लो समय लोप हुने अवस्थामा रहेको नौमती बाजा बजाउन पाउँदा निकै खुसी लागेको भीमसेन आर्दश बिद्यालयका ओमन विकले बताउनुहुन्छ । आफूहरूले नरसिंह, सनैइ, दमाह, टयाम्पु, झ्याली, धमेलक जस्ता सामाग्रीको प्रयोगबाट नौमती बाजा बज्ने र भीमसेनले अवसर दिएको विकले बताउनुभयो ।

सानो उमेरमा लोप हुने अवस्थामा रहेको बाजा बजाए पछि बालबालिका र अभिभावकहरु प्नि उत्साहित छन् । शिक्षासँगै विद्यालयमा बालबालिकाहरुलाई बाजा बजाउन सिकाउने र विभिन्न कार्यक्रमहरुमा प्रस्तुति देखाउने गरेको विद्यालयका प्रधानाध्यापक भुसालले बताउनुभयो । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै अन्य बाहिरी कुरामा पनि सहभागिता गराईरहेको भुषालले बताउनुभयो।

देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले विद्यार्थीलाई किताबी ज्ञान मात्र हैन, व्यावहारिक शिक्षा पनि दिनुपर्छ भन्ने ठानेर विद्यालयमा सिप मुलक शिक्षामा जोड गरेको बताउनुभयो । विद्यार्थीको चौतर्फी क्षमता विकासमा सहयोग पुग्ने मात्र नभई परम्परागत संस्कृतिको संरक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *