पौष्टिक तत्व नमर्ने गरी कसरी पकाउने तरकारी ?

जीवनशैली शिक्षा/स्वास्थ्य

पौष ३, काठमाडौं।  दैनिक हाम्रो भान्सामा बिभिन्न तरकारि पाक्ने गर्छ।  बिभिन्न तरकारि बाट बिभिन्न पौष्टिक तत्वहरु भेटिने गर्छन् ।

तर हामी पकाउने बेलामा ख्याल गर्दैनौ र पौष्टिक तत्व जाने गरि पकाउछौं। तरकारीलाई कम पकाएर त्यसमा भएको पोषक तत्वलाई बचाउन सकिने पोषणविद्हरु बताउँछन् ।

टमाटर

 टमाटरमा भिटामिन सि हुन्छ। दाल ,तरकारी र मासुजन्य खानेकुरामा टमाटरको प्रयोग गरिन्छ । तर टमाटरलाई जति धेरै पकायो त्यति नै त्यसमा भएको पोटासियम र भिटामिन सी नष्ट हुँदै जान्छ । टमाटर पकाएर भन्दा काँचै खानु फाइदाजनक मानिन्छ । दालमा टमाटर राख्नुछ भने स-सानो गरेर काटेर पाकिसकेपछि माथिबाट राख्नुपर्छ ।

सागपात

पालकको धेरै फाईदा छ। शरीरमा आइरनको कमी भए चिकित्सकले पालकको तरकारी खान सल्लाह दिन्छन् । यसमा भिटामिन सी, भिटामिन के, क्याल्सियम, फाइबर र ओमेगा-३ पाइन्छ ।

हरेक मानिसको लागि पालक निकै फाइदाजनक मानिन्छ ।  पालकलाई पकाएर खाँदा त्यसमा भएको प्राकृतिक जल नष्ट हुन्छ । पालकलाई पकाएर खानु भन्दा सफा पानीमा उमालेर,  मनतातो पानीमा पकाएर तथा  पाकिसकेको दालमा काटेर राख्दा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यसरी खाँदा पालकमा भएको पौष्टिक तत्व कायम रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *