काठमाडौं, २ माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.६९ अंकले बढेको छ । यससँगै सूचक २५९६.८२ विन्दुमा आएको छ ।
३० लाख १३ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ४२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता शेयर कारोबार भएको छ ।
२० कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो ।