काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । भारतीय मिडिया लाइभ मिन्टले मृत्यु भएको जानकारी दिएको हो ।
९२ वर्षीय उनको बिहीबार भारतको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । भारतमा नरेन्द्र मोदी सत्ता आउनु अगाडिका प्रधानमन्त्री तथा भारतीय कङ्ग्रेस नेता सिंह आजै बिरामी भएर अस्पताल भर्ना भएका थिए । ३३ वर्ष राज्यसभामा रहेका उनले यसैसाल बिदा लिएका थिए ।
यस्तै अस्पतालले पनि भारतीय समय अनुसार बिहीबार राति ९ः५१ मा मृत्यु घोषणा गरेको जानकारी सार्वजनिक गरेको छ । आजै होस गुमाएर अस्पताल भर्ना गरिएका सिंहको बुढ्यौलीको समयमा देखिने समस्या देखिएको अस्पतालले जानकारी दिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंह सामान्य परिवारबाट आएर सफलता पाएको भन्दै सामाजिक सन्जालबाट श्रध्दाञ्जली दिएका छन । तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाब मिलान हुने राष्ट्र बैंकले जनाएको छ ।