युके र दुबई पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अपराध

काठमाडौं, माघ ४ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तनहुँ बन्दिपुर गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने २३ वर्षीया सन्जिता गुरूङ र तनहुँ भिमाद नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ५० वर्षीय रेशम राज लामिछाने रहेका छन् ।

पक्राउ मध्ये सन्जिताले युके पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट ६० लाख ८९ हजार रूपियाँ र रेशम राजले दुबई पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट २४ लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्जितालाई काठमाडौं न्यूरोडबाट र रेशम राजलाई काठमाडौं बौद्धबाट बुधबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *