योजनाको डिपिआरनै कपी पेष्ट हुँदा समस्याः मुख्यमन्त्री लामा

राष्ट्रिय

हेटौँडा, माघ ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले सरकारका आयोजनाहरुको विस्तृत परियोजना प्रस्तावनै कपी पेष्ट हुँदा आयोजना निर्माण र दीगोपनामा समस्या निम्तिएको बताउनुभएको छ ।

सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फम्र्स्को आयोजनामा ९स्केफ० मोटरेबल पुलको डिजाइनसम्बधि एक हप्ते तालिमको यहाँ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले मोटरेबल पुलमा मात्र नभए र अब सडकमा पनि डिजाइन एण्ड बिल्टको अवधारणा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले डिजाइन एण्ड विल्टको अवधारणामा पक्की पुल निर्माण सुरु नगरेको भए नेपालमा अहिले जति पुल बनेका छन् त्यति सङ्ख्यामा पुल बन्दैन थिए भन्दै विगतदेखिनै नेपालमा पुलको डिजाइन बन्ने तर पुल नबन्ने गरेको समस्या रहेको सुनाउनुभयो ।

उहाँले सरकारका आयोजनाहरुको विस्तृत परियोजना प्रस्ताव ९डिपिआर० र परामर्शदाताको काममा कपी पेष्ट रोक्नु आवश्यक भएको भन्दै अहिले पूर्वाधार निर्माण जग्गा प्राप्तिसम्बन्धी प्रक्रियाले समस्या भइरहेको बताउनुभयो ।

कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सकिल मानन्धरले स्वीस सरकारसँग पछिल्लो चरणमा भएको सम्झौता अनुसार इन्जिनियरहरुलाई मोटरेबल पुलसम्बन्धी क्षमता र ज्ञान वृद्धि गर्न तालिम आयोजना गरिएको बताउनुभयो ।

तालिम आयोजक संस्थाका स्केफका महासचिव इन्जिनियर कमल कार्कीले नेपालको पूर्वदेखि पश्चिमसम्मका एक हजार ३५० भन्दा बढी इन्जिनियरलाई संस्थाले तालिम प्रदान गरिसकेको बताउनुभयो ।

कार्यक्रममा यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्कर प्रसाद पोखरेल, स्केफका कार्यसमिति सदस्य नवीन घिसिङ, सडक डिभिजन कार्यालय हेटौँडामा प्रमुख गुरुप्रसाद अधिकारी, प्रशिक्षार्थी कृष्णप्रसाद खनालले तालिमबाट गुणस्तरीय पुललगायतका संरचना बनाउने ज्ञान हासिल हुने बताउनुभयो ।

सात दिने तालिममा सङ्घीय सरकार, बागमति प्रदेश सरकार र निजी कम्पनीका ४३ जना इन्जिनियरहको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *