काठमाडौं । सहकारी ठगी सम्वन्धि मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तर्फबाट बहस सकिएको छ । आज भएको थुनछेक बहसमा रविको तर्फबाट चार वकिलहरुले भाग लिए ।
पूर्वमहान्यायाधीवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले खाजा समय अगाडि बहस गरेका थिए । खाजा समयपश्चात थप दुई वकिलको बहस भएको छ । उनीहरु सबैले रविलाई साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।
अहिले सरकारी वकिलहरुले फेरि जवाफी बहस सुरु गरेका छन् ।