रविको मुद्दामा जवाफी बहस जारी

राष्ट्रिय

“अहिले सरकारी वकिलको तर्फबाट जवाफी बहस जारी छ,” खनालले भन्नुभयो, “बहस सकिएपछि आदेश आजै वा भोलि आउन सक्छ ।” पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

न्यायाधीश नीतिज राईको इजलासले जवाफी बहसपछि प्रतिवादीहरुलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय लिनेछ । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका थुनछेक बहस जारी छ ।

लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । लामिछाने गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य हुनुहुन्छ । अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ, आरती गुरुङ छन् ।

लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा पूरक र थप गरी अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । प्रतिवादीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *