काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसम्बद्ध सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाको थुनछेक बहसमा अहिले सरकारी वकिलको तर्फबाट फणीन्द्र कटुवालले बहस गरिरहेका छन् ।
तर, उनीहरू अहिलेसम्म अदालत पुगिसकेका छैनन् । उनको तर्फका वकिलहरू संयोजन गरिरहेका अधिवक्ता यज्ञमणि न्यौपानेले दुवै पूर्वमहान्यायाधिवक्ता अदालतबाट नजिकैको दूरीमा रहेकाले पालो आउनासाथ इजलासमा उपस्थित हुनेछन् । ११ सरकारी वकिल र जाहेरवालाका केही वकिल पनि वकालतनामा पेश गरेका कारण आफूहरूले धेरैलाई बहस गराउन नचाहेको न्यौपानेले बताए ।
‘जे पनि गर्न सक्छन्, त्यसैले हामी आजै आदेश आउने कुरामा सिरियस छौं’, उनले भने ।
कामपा- १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा रविका विषयमा थुनछेक बहस चलिरहेको हो । उनी आइतबार बयानका निम्ति आफैं अदालतमा उपस्थित भएका थिए ।
बयान सकिए पनि थुनछेक बहस नभएपछि अदालत प्रशासनले उनलाई न्यायिक हिरासतमा पठाएको थियो ।