रवि आज पोखरामै बस्ने, आइतबारमात्रै काठमाडौं अदालतमा हाजिर हुने तयारी

राष्ट्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आइतबारमात्रै काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन् ।

बिहीबार सहकारी अपचलनसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी रकम जम्मा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेपछि बेलुकी प्रहरी हिरासतबाट रिहा भए । हिजै उनी पोखराको लेकसाइडस्थित होटल बसुन्धरामा बस्न गए । उनको पारिवारिक स्रोतले जनाएअनुसार आज ‘गुड फ्राइडे’ मनाएर काठमाडौं फर्किने भएका छन् ।

रविको ‘न्याय’ का निम्ति पोखरा केन्द्रित भएका उनका सहयोगीहरू आज बिहान काठमाडौं फर्किए । रविचाहिँ आराम गरेर ‘बिस्तारै’ आउने सहयोगी समूहका प्रमोद न्यौपानेले बताए । ‘उहाँ आज आउनुहुन्न’, उनले भने ।

कामपा( १४ मा सञ्चालित स्वर्णलक्ष्मी वहुउद्देशीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा अदालती बयानका निम्ति उनी आइतबार हाजिर हुने उनी पक्षका कानुन व्यवसायी कमलप्रसाद पोखरेलले बताए । ‘आज आउनु भएन, अब आइतबार हाजिर हुनुहुन्छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *