पोखरा, पौष २१ । जिल्ला अदालत कास्कीमा अहिले सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेकाहरुमाथि थुनछेक बहस जारी छ ।
त्यसै क्रममा असम्बन्धित व्यक्तिलाई अदालतमा प्रवेश दिएको भन्दै सूर्यदर्शन सहकारी पीडितले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आफूहरूलाई छिर्न नदिएको तर रास्वपाका कार्यकर्तालाई छिर्न दिएको भन्दै अदालतअघि सुतेर विरोध जनाएका हुन् ।