रुसी राष्ट्रपति पुटिनलाई अमेरिकी राष्ट्रपति बाइडनले भने- ‘युद्ध अपराधी’

अन्तर्राष्ट्रीय

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् ।

युक्रेनमा रुसले आक्रमण गरेपछि पुटिनको निन्दा गर्दै बाइडेनले ‘युद्ध अपराधी’ भनेका हुन् । ह्वाइट हाउसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा एक पत्रकारको प्रश्नको जवाफ दिने क्रममा बाइडनले उक्त शब्द प्रयोग गरेको बीबीसीले जनाएको छ ।

यसबाट रुस र अमेरिकाबीच कूटनीतिक तनाव अझै बढ्ने अनुमान गरिएको छ । रुसले बाइडेनको अभिव्यक्तिलाई ‘अक्षम्य’ भनेको छ । समाचार एजेन्सी टाससँग पुटिनका प्रवक्ता दिमित्री पेसकोभले भनेका छन्, ‘एक राज्य प्रमुखको तर्फबाट यो अभिव्यक्ति अस्वीकार्य र अक्षम्य छ, जसको बमले विश्वका लाखौं मानिसहरुको ज्यान लिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *