लस एन्जलसको डढेलोबाट १६ जनाको मृत्यु

अन्तर्राष्ट्रीय

काठमाडौँ, पुस २९ गते । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ । लस एन्जलस मेडिकल एक्जामिनर काउन्टीले प्रकाशित गरेको मृत्युको सूचीअनुसार शनिवार साँझसम्म डढेलोबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

मृतकमध्ये एघार जना इटन फायरसँग सम्बन्धित थिए भने पाँच जना प्यालिसेड्स फायर क्षेत्रमा फेला परेका थिए । अल्टाडेना र पासाडेना नजिकै १४ हजार ११७ एकड ९५७।१ वर्ग किलोमिटर० जमिन जलाएको छ ।

शनिवार दिउँसोसम्म १५ प्रतिशत नियन्त्रणमा आएको थियो । लगभग ७ हजार ८१ संरचना आगोबाट क्षतिग्रस्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *