लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी

राष्ट्रिय

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ ।

लाजिम्पार्टको कम्फर्ट अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको हो । आगलागीको कारण खुलिनसकेको प्रहरी वृत दरबारमार्गका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

उनले नेपालप्रेससँग भने,‘ अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको थियो । आगलागीबाट खाट दराजलगायतकाे फर्निचरमा क्षति पुगेको छ भने दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकेको छ । ’उनका अनुसार आगो २ घण्टा अघि नै नियन्त्रणमा आइसकेको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *