काठमाडौं । थाइल्याण्ड र लाओसमा निकै लोकप्रिय परम्परागत खानेकुरा ‘कोइ प्ला’लाई विश्वकै सबैभन्दा घातक खाना मानिन्छ । यो खानेकुरा खाँदा हरेक वर्ष करीब २० हजार जना मानिसको ज्यान जाने गरेको छ ।
लाओसका साथै थाइल्याण्डको इसान क्षेत्रका मानिसहरुले सलादको रुपमा खाने ‘कोइ प्ला’ तयार गर्दा किमा बनाइएको काँचो माछा, कागतीको रस, जडिबुटी र मसला मिसाइन्छ ।
यो परिकार यति धेरै खतरनाक हुनुको मुख्यकारण नै काँचो माछाको किमा हो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । वास्तवमा माछाको मासुमा हुने परजिवीले नै यो परिकारलाई घातक बनाएको हुन्छ ।
मेकोंग नदी बेसिनमा पाइने माछाबाट ‘कोइ प्ला’ बनाइन्छ । ती माछाहरु प्रायः लाइभ फ्लुक भनिने फित्ते जुकाबाट संक्रमित हुन्छन् । यी परजिवी मानिसको शरीरमा प्रवेश गरेपछि पित्त नलीको क्यान्सर अर्थात् कोलान्जियोकार्सिनोमाको प्रमुख कारक बन्दछन् । जसका कारण थाइल्याण्डमा मात्रै बर्सेनि २० हजार मानिसको मृत्यु हुने गरेको छ ।