राष्ट्रिय गौरवको सुनकोसी(मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ ।
पटेल–रमण जेभीले सुनकोसी नदीमा बाँध निर्माण कार्य चार वर्ष सात महिनामा सक्नेगरी २०७९ साल माघ महिनामा सम्झौता गरी काम अघि बढाएको भएपनि अहिलेसम्म करिब सात प्रतिशत मात्रै प्रगती भएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार ठेक्का सम्झौता अवधिको ४२ प्रतिशत समय पुरा भइसकेको अवस्था छ । यो अवधिमा बाँध निर्माणको प्रगती ३० प्रतिशतभन्दा माथि नै हुनु पर्नेथ्यो ।
आयोजना प्रमुख बद्रि कार्कीले बाँध निर्माणका लागि जेभिमा दुई वटा निर्माण कम्पनिले सम्झौता गरेको भएपनि रमण कन्ट्रक्सनले मात्रै गर्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ूहालसम्मको बाँध निर्माणको स्थायी संरचना कार्य प्रगति निकै सुस्त छ । हालसम्म जति समय बित्यो, त्यती नै कार्य प्रगती हुनु पर्नेमा सात प्रतिशत मात्रै पुरा भएको छ ।ू
प्रगती भएको सात प्रतिशत पनि स्थायी संरचना निर्माणको नभएको उहाँको भनाइ छ । ूआयोजनाले पटेल–रमण जेभिसँग छलफल गरी रमणले काम गर्न सक्दैन भन्ने निष्कर्षमा पुगी सकेका छौं,ू आयोजना प्रमुख कार्कीले भन्नुभयो, ूअब ठेक्का तोडेर कारबाहीमा जानु पर्छ भन्ने निष्कर्षमा हामी पुगी सक्यौँ । ठेक्का तोड्न पनि प्रकृया हुन्छ ।ू
ठेक्का तोड्ने चरणमा आयोजना पुगि सकेपछि पटेल सम्पर्कमा आई म गर्छु भनेकाले एक पटक मौका दिने भनेर अहिले कुरा भई रहेको उहाँले स्पष्ट पार्नुभयो । आयोजनाका अनुसार सुनकासी नदीमा बाँध निर्माणको स्थायी संरचनाको काम अहिलेसम्म सुरु भएको छैन । सकिएको सात प्रतिशत कार्य प्रगती पनि अस्थायी नै हो ।
पटेल–रमण जेभीले बाध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको छ । सुनकोसी नदीमा करिब ३० मिटर आग्लो र एक सय ५८ मिटर लामो बाँध निर्माण भएपछि १३ दशमलब तीन किलो मिटर लम्बाईको सुरुङमार्फत् कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यहाँ ६६ दशमलब २९ मिटर हेटडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिने छ ।
उक्त आयोजना अन्तर्गत सुनकोसी तथा तामाकोसीको दोभान भन्दा नौ सय मिटर तल सिन्धुलीको सुनकोसी गाँउपालिका–७ कानढुंग्रीमा सुनकोसी नदीमा बाँध निर्माण सुरु भएको आयोजनाले जनाएको छ । सुनकोसी नदीको पानी मरिण खोलामा खसाल्न १३ दशमलब तीन किलो मिटर लामो सुरुङ् निर्माण गरेर गत वर्ष बैशाखमा नै ‘ब्रेक थ्र’ भई ९७ प्रतिशत कार्य प्रगती भएको आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो ।
आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा पछिल्लो अपडेट हुँदा ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजनाले जनाएको छ । आर्थिक वर्ष ०७७(०७८ बाट शुरु भएको आयोजना ०८४(०८५ सम्ममा सक्ने लक्ष्य छ ।
आयोजना अनुसार पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको काम अन्तर्गत बाँध, पावर हाउस, पानी फर्काउने ईन्टेक लगायतका संरचना निर्माण रहेको छ । तेस्रो चरणको काम विद्युत गृहभित्र विद्युत उत्पादन गर्नुपर्ने संरचना बनाउनु पर्ने छ । चौथो चरणमा उत्पादन भएको विद्युत सर्लाहीको नवलपुर पुर्याएर राष्ट्रिय प्रशारण लाईनमा जोड्नु पर्नेछ ।
सुनकोसी नदीमा बाँध निर्माण गरेपछि उक्त सुरुङमार्फत् प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा