स्वास्थ्य क्षेत्रकाे विकास प्रदेश सरकारको प्राथमिकता

राष्ट्रिय

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । जनस्वास्थ्य कार्यालय दोलखाले आयोजना गरेको जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री थापाले सो कुरा बताउनुभएको हो ।

मन्त्री थापाले विद्यालयमा कक्षा ६ देखि १० सम्म पढ्ने विद्यार्थीहरुलाई भ्याक्सिनको व्यवस्था गरिएको बताउनुभयो । स्वास्थ्य बिमा स्थानीय तहले प्रभावकारी रुपमा कार्यन्वयन गर्न नसकेको बताउँदै उहाँले स्वास्थ्य बिमाबाट पाउने उपचार सेवाग्राहीले पाउन नसकेको बताउनुभयो ।

महिलाहरुलाई पाठेघरको क्यान्सरबाट बचाउन भ्याक्सिन लगाउनुपर्ने हुँदा भ्याक्सिन कार्यक्रम प्रभावकारी ढङ्गले अगाडि बढाइएको उहाँले बताउनुभयो । प्रादेशिक अस्पतालको गुणस्तरिय बनाउन लागि परेको बताउँदै उहाँले विद्यालयमा स्वास्थ्य सेवा प्रदान गर्न विद्यालय नर्सको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

प्रदेश सरकारले विभिन्न कार्यक्रममा स्थानीय तहसँग साझेदारी गरेर गर्ने गरिएको बताउँदै मन्त्री थापाले तीनै तहका सरकारले स्वास्थ्यमा प्राथमिकता साथ बजेट विनियोजन गरिँदै आएको बताउनुभयो। उहाँले सबैको उद्येश्य गुणस्तरीय स्वास्थ्य सेवा प्रदान रहेको बताउनुभयो ।

जिल्लामा रहेका आधारभूत अस्पतालहरु विशेषज्ञको व्यवस्था गरि स्वास्थ्य सेवा प्रदान गरिने उहाँले उल्लेख गर्नुभयो । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सम्बन्धि महत्वपूर्ण कामहरु गर्दै आएको र स्वास्थ्य सेवामा सबै ठाउँमा सुधार आएको उहाँले बताउनुभयो ।

दोलखाको जिरी अस्पताल स्थानीय तहल सञ्चालन गर्न कठिनाई भएको गुनासो रहेका अस्पताल अनुगमन गर्न दोलखा आइपुगेको छ । सामाजिक सञ्जाल र प्रविधिका कारण पनि मनोवैज्ञानिक असर परेको बताउँदै निराकरण गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम गर्ने योजना रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले स्वास्थ्य जस्तो संवेदनसिल क्षेत्रमा स्वास्थ्यकर्मीले विशेष ख्याल गरेर सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । अध्यक्ष तामाङले जिल्लामा स्वास्थ्यको विकास प्रदेश सरकारले प्राथमिकता साथ अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

जिल्लाका स्वास्थ्य संस्थामा पर्याप्त कर्मचारी नरहेको बताउदै कर्मचारीको व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो।

मेलुङ गाउँपालिकामा गुठीको जग्गाको समस्याका कारण अस्पताल बन्न नसकेको बताउँदै उहाँले जग्गाको समस्या समाधान गरि अस्पताल बनाउने वातावरण निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । मन्त्री थापाले सदरमुकाम चरीकोटमा रहेको पार्देशिक अस्पतालको अनुगमन गर्दै नागरिकको गुनासो नआउने गरि स्वास्थ्य प्रदान गर्न निर्देशन दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *