‘काठमाडौँ, माघ ३ गते । पाकिस्तानले १४औँ संस्करणको दक्षिण एसियाली खेलकुद ९साग० आयोजनाको तयारी गरेको छ ।
पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले साग ओायजनाका लागि फेब्रुअरी २५ र २६ मा बैठक बोलाउनुभएको छ । बैठक पाकिस्तानको लाहोरमा हुनेछ ।
सइद दक्षिण एसियाली ओलम्पिक काउन्सिल ९एसएओसी० पनि अध्यक्ष हुनुहुन्छ । यससँगै अन्योलमा रहेको साग आयोजना हुने सम्भावना बढेको छ । यसअघि नेपालमा २०७५ सालमा भएको १३औँ सागको समापन समारोहका १४औँ आयोजनाका लागि पाकिस्तानले झण्डा ग्रहण गरेको थियो ।
एसएओसीको बैठकमा साग आयोजना मिति, समावेश हुने खेल तथा खेल स्थलबारे छलफल हुने नेपाल ओलम्पिक कमिटि ९एनओसी० ले जनाएको छ । वैठकमा सहभागीलाई सम्भावित खेल स्थलको भ्रमण गराइने र विविधविषयमा छलफल हुने बताईएको छ ।