इन्द्रजात्रा विधिवत रूपमा सुरु, ठड्याइयो लिंगो

राष्ट्रिय

काठमाडौंमा मनाइने इन्द्रजात्रा पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ ।

हनुमानढोकामा बुधबार बिहान ७ः१७ बजेको शुभसाइतमा इन्द्रजात्राको लिंगो ठड्याइएको छ । हनुमानढोकामा उक्त लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत रूपमा सुरु हुने परम्परा छ ।

इन्द्रजात्रालाई नेपालभाषामा ‘यें यास्’ भनिन्छ । ‘यें’ भनेको कान्तिपुर नगर र ‘यास्’ भनेको मुख्य जात्रा हो ।

काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *