काठमाडौंको कपनबाट १४ वर्षीय बालक बेपत्ता

कपनको  मुस्कानचोक क्षेत्रबाट एक बालक बेपत्ता भएका छन् । उनी गत चैत ३० गते दिउँसो साढे तीन बजेदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ । युवराज कार्की नाम गरेका करिब ५ फिट उचाइ, कालो कपाल र कालो टी शर्ट लगाएका ती बालक सम्पर्कविहीन भएका छन् ।   उनका बुवा सन्तोष कार्कीले प्रहरी प्रभाग कपनमा छोराको […]

पुरा पढ्नुहोस

मनमोहन स्मृति प्रतिष्ठानले ‘राष्ट्रव्यापी मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३’ आयोजना गर्ने

मनमोहन स्मृति प्रतिष्ठानले स्वर्गीय मनमोहन अधिकारीको २७औँ स्मृति दिवसको अवसरमा ‘राष्ट्रव्यापी  मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३’ आयोजना गर्ने घोषणा गरेको छ। प्रतिष्ठानले देशभरका कवि तथा स्रष्टाहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक दीपेन्द्र श्रेष्ठले स्वर्गीय मनमोहन अधिकारीको जीवनसंघर्ष, सादगीपूर्ण नेतृत्व, सामाजिक न्यायप्रतिको प्रतिबद्धता र समतामूलक समाज निर्माणको दृष्टिलाई साहित्यमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने […]

पुरा पढ्नुहोस

प्रधानमन्त्री उम्मेदवारबारे विश्वप्रकाश: ‘कोही भदौ २३–२४ का, हाम्रो माघ १ का’

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा निराशा, असन्तुष्टि र गुनासो बढ्दै गएको बताएका छन्। कांग्रेस रामेछापद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि कांग्रेसले आफूलाई रूपान्तरण गर्दै अघि बढेको दाबी गरे। उनले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै प्रधानमन्त्रीको उम्मेदवारबारे टिप्पणी गरे। शर्माले भने, “कोही अहिले भदौ २३ […]

पुरा पढ्नुहोस

‘पुरानै पार्टीसँग चुनावी प्रतिस्पर्धा’ — कांग्रेस

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मुख्य प्रतिस्पर्धा पुरानै राजनीतिक दलहरूबीच हुने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँभन्दा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने दाबी गरे। ‘यो गम्भीर विषय हो र अन्ततः मतदाताले नै निर्णय गर्ने कुरा हो,’ चालिसेले भने, ‘तर अहिलेको अवस्था […]

पुरा पढ्नुहोस

रास्वपासँगको एकताले क्षति पुगेको उज्यालो नेपाल पार्टीको दाबी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग गरिएको १२ दिनको एकताले आफ्नो पार्टीलाई ठूलो क्षति पुगेको बताएका छन्। रामेछापमा आयोजित उज्यालो नेपाल पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले एकताको अवधि आफूहरूका लागि ‘कोमामा परेको जस्तै’ रहेको टिप्पणी गरे। ‘हामी कोमाबाट फर्किएर आएका छौँ। अब यो पार्टी देशको नेतृत्व गर्नेगरी […]

पुरा पढ्नुहोस

वाम एकताको आह्वान गर्दै प्रचण्डले भने– स्टन्टबाजीले देश चल्दैन

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोसल मिडियामार्फत स्टन्टबाजी गर्दै जनतामा भ्रम फैलाइरहेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरबीचको एकता घोषणा कार्यक्रममा बोल्दै उनले रास्वपामा विचार र सिद्धान्तको खडेरी रहेको दाबी गरे। त्यसैका कारण निर्वाचनका बेला सोसल […]

पुरा पढ्नुहोस

कोशी प्रदेशसभा हिउँदे अधिवेशनको तयारी, एमालेभित्र प्रमुख सचेतकबारे छलफल

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्ने तयारी अघि बढाइएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी भएपछि लामो समयदेखि प्रदेश सभा बैठक बस्न सकेको थिएन। आगजनीबाट क्षति पुगेपछि प्रदेश सभा बैठक मोरङको कटहरीस्थित तरकारी बजार क्षेत्रमा सारेर बस्ने तयारी गरिएको हो। प्रदेश सभा सचिवालयले बैठक बस्ने हलको व्यवस्थापन […]

पुरा पढ्नुहोस

कारबाहीपछि विश्वप्रकाश शर्मा बोले– ‘कांग्रेस र देश बदल्न गगन थापा र म दृढ छौँ’

नेपाली कांग्रेसबाट कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र देश रूपान्तरण गर्ने अभियानमा गगन थापा र आफू दुवै अडिग रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही राजनीतिक दृष्टिकोण दिएको उल्लेख गरेका छन्। सहमतिका लागि अघि सारिएका आठ बुँदा सार्वजनिक गर्दै उनले तीमध्ये कुन बुँदा कांग्रेस र देशको अहितमा […]

पुरा पढ्नुहोस

काठमाडौं क्षेत्र नं. ६ बाट माओवादीको एकल उम्मेदवारका रूपमा चिरञ्जीवी ढकाल सिफारिस

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) काठमाडौं जिल्ला समितिले काठमाडौं निर्वाचन क्षेत्र नं. ६ बाट चिरञ्जीवी ढकाललाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ । ढकाल माओवादी आन्दोलनबाट हुर्किएका, संघर्षशील तथा जनआधारित राजनीतिका नेता हुन् । उनी विगत झण्डै २४ वर्षदेखि राजनीतिक तथा सामाजिक आन्दोलनमा सक्रिय रहँदै आएका छन्। […]

पुरा पढ्नुहोस

एमाले भोजपुरद्वारा फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि शेरधन राईको एकल सिफारिस

नेकपा एमाले भोजपुरले फागुन २१ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि केन्द्रीय सचिव शेरधन राईको नाम एकल रूपमा सिफारिस गरेको छ। मंगलबार बसेको जिल्ला कमिटी बैठकले राईको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको एमाले भोजपुरका सचिव एक्सन राईले जानकारी दिए। उनका अनुसार पूर्वअध्यक्ष शरणकुमार राईको प्रस्ताव र युवा नेता रोशन बस्नेतको समर्थनमा शेरधन राईको नाम एकल सिफारिस […]

पुरा पढ्नुहोस