कारबाहीपछि विश्वप्रकाश शर्मा बोले– ‘कांग्रेस र देश बदल्न गगन थापा र म दृढ छौँ’

राष्ट्रिय

नेपाली कांग्रेसबाट कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र देश रूपान्तरण गर्ने अभियानमा गगन थापा र आफू दुवै अडिग रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही राजनीतिक दृष्टिकोण दिएको उल्लेख गरेका छन्। सहमतिका लागि अघि सारिएका आठ बुँदा सार्वजनिक गर्दै उनले तीमध्ये कुन बुँदा कांग्रेस र देशको अहितमा थियो वा छ भनेर प्रश्न उठाएका छन्।

शर्माले सार्वजनिक गरेका प्रस्तावमा विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने, परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने, उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन गर्ने, आगामी निर्वाचनमा एकढिक्का भएर प्रतिस्पर्धा गर्ने, कुनै पनि दलसँग गठबन्धन नगरी कांग्रेस एक्लै निर्वाचनमा जाने तथा प्रधानमन्त्रीको उम्मेदवार अग्रिम रूपमा घोषणा गर्ने विषय समेटिएका छन्।

ती प्रस्तावहरू पुनः पढ्दा पनि आफूलाई कांग्रेस वा देशको अहित हुने कुनै आधार नदेखिएको उल्लेख गर्दै शर्माले विशेष महाधिवेशनमार्फत कांग्रेसले अब सही नेतृत्व दिने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *