प्रधानमन्त्री उम्मेदवारबारे विश्वप्रकाश: ‘कोही भदौ २३–२४ का, हाम्रो माघ १ का’

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा निराशा, असन्तुष्टि र गुनासो बढ्दै गएको बताएका छन्। कांग्रेस रामेछापद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि कांग्रेसले आफूलाई रूपान्तरण गर्दै अघि बढेको दाबी गरे। उनले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै प्रधानमन्त्रीको उम्मेदवारबारे टिप्पणी गरे। शर्माले भने, “कोही अहिले भदौ २३ […]

पुरा पढ्नुहोस

सुनको भाउले तोड्यो नयाँ रेकर्ड, प्रतितोला ३ लाख ३९ हजार नाघ्यो

नेपाली बजारमा सुनचाँदीको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गर्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि बुधबार सुनको भाउ तोलामा ९ हजार […]

पुरा पढ्नुहोस

डोल्पा जाने यात्रु हिमपातमा फसे, उद्धारको माग

काठमाडौंबाट डोल्पा आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व–बागलुङ खण्डमा अलपत्र परेका छन्। बाक्लो हिमपात र चिप्लो सडकका कारण दर्जनौँ सवारीसाधन रोकिएका छन्। यात्रुहरूका अनुसार अत्यधिक चिसोले समस्या बढेको छ भने केहीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। उनीहरूले तत्काल उद्धार, खाना र स्वास्थ्य सहयोगको माग गरेका छन्। रुकुम पूर्व र बागलुङ […]

पुरा पढ्नुहोस

दरबारमार्गमा आगलागी, ब्ल्याक आउट डान्सबार प्रभावित

दरबारमार्गमा सञ्चालित ‘ब्ल्याक आउट’ डान्स बारमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। यद्यपि क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले जानकारी दिए। आगलागी नियन्त्रणका लागि बारुण यन्त्र कार्यालय काठमाडौंबाट चार वटा दमकल घटनास्थलमा खटाइएका थिए। प्रारम्भिक अनुमानअनुसार क्लबको किचनबाट […]

पुरा पढ्नुहोस

‘पुरानै पार्टीसँग चुनावी प्रतिस्पर्धा’ — कांग्रेस

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मुख्य प्रतिस्पर्धा पुरानै राजनीतिक दलहरूबीच हुने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँभन्दा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने दाबी गरे। ‘यो गम्भीर विषय हो र अन्ततः मतदाताले नै निर्णय गर्ने कुरा हो,’ चालिसेले भने, ‘तर अहिलेको अवस्था […]

पुरा पढ्नुहोस

रास्वपासँगको एकताले क्षति पुगेको उज्यालो नेपाल पार्टीको दाबी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग गरिएको १२ दिनको एकताले आफ्नो पार्टीलाई ठूलो क्षति पुगेको बताएका छन्। रामेछापमा आयोजित उज्यालो नेपाल पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले एकताको अवधि आफूहरूका लागि ‘कोमामा परेको जस्तै’ रहेको टिप्पणी गरे। ‘हामी कोमाबाट फर्किएर आएका छौँ। अब यो पार्टी देशको नेतृत्व गर्नेगरी […]

पुरा पढ्नुहोस

वाम एकताको आह्वान गर्दै प्रचण्डले भने– स्टन्टबाजीले देश चल्दैन

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोसल मिडियामार्फत स्टन्टबाजी गर्दै जनतामा भ्रम फैलाइरहेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरबीचको एकता घोषणा कार्यक्रममा बोल्दै उनले रास्वपामा विचार र सिद्धान्तको खडेरी रहेको दाबी गरे। त्यसैका कारण निर्वाचनका बेला सोसल […]

पुरा पढ्नुहोस

कोशी प्रदेशसभा हिउँदे अधिवेशनको तयारी, एमालेभित्र प्रमुख सचेतकबारे छलफल

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्ने तयारी अघि बढाइएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी भएपछि लामो समयदेखि प्रदेश सभा बैठक बस्न सकेको थिएन। आगजनीबाट क्षति पुगेपछि प्रदेश सभा बैठक मोरङको कटहरीस्थित तरकारी बजार क्षेत्रमा सारेर बस्ने तयारी गरिएको हो। प्रदेश सभा सचिवालयले बैठक बस्ने हलको व्यवस्थापन […]

पुरा पढ्नुहोस

गगन थापा: नेतृत्व परिवर्तनसहित चुनावमा जान प्रस्ताव गर्दा देउवाले अस्वीकार गरे

नेपाली कांग्रेसका निष्कासित महामन्त्री गगन थापाले आगामी निर्वाचनमा परिवर्तन भएको कांग्रेसका साथ जनतामाझ जानुपर्ने प्रस्ताव सभापति शेरबहादुर देउवाले अस्वीकार गरेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमितिले निष्कासन गरेपछि विशेष महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले नेतृत्व परिवर्तन गरेर चुनावमा जानुपर्ने माग मात्र आफूहरूको रहेको स्पष्ट पारे। सभापति देउवाको सट्टा जो भए पनि नेतृत्व अगाडि सारेर निर्वाचनमा जान […]

पुरा पढ्नुहोस

कारबाहीपछि विश्वप्रकाश शर्मा बोले– ‘कांग्रेस र देश बदल्न गगन थापा र म दृढ छौँ’

नेपाली कांग्रेसबाट कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र देश रूपान्तरण गर्ने अभियानमा गगन थापा र आफू दुवै अडिग रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही राजनीतिक दृष्टिकोण दिएको उल्लेख गरेका छन्। सहमतिका लागि अघि सारिएका आठ बुँदा सार्वजनिक गर्दै उनले तीमध्ये कुन बुँदा कांग्रेस र देशको अहितमा […]

पुरा पढ्नुहोस