दरबारमार्गमा आगलागी, ब्ल्याक आउट डान्सबार प्रभावित

समाचार

दरबारमार्गमा सञ्चालित ‘ब्ल्याक आउट’ डान्स बारमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। यद्यपि क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।

आगलागी नियन्त्रणका लागि बारुण यन्त्र कार्यालय काठमाडौंबाट चार वटा दमकल घटनास्थलमा खटाइएका थिए। प्रारम्भिक अनुमानअनुसार क्लबको किचनबाट आगो सल्किएको हुन सक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *