रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन अर्थमन्त्री पुनसँग माग

समाचार

काठमाडौं, ८ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए)का आरके समूहका अध्यक्ष राजेन्द्रकुमार शर्माले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको छ ।

मन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा श्रमिकका समस्याका साथै नयाँ आर्थिक वर्ष २०८१/०८२ को बजेटका विषयमा छलफल गर्नुभएको छ ।

अहिलेपनि श्रमिकहरुले रेमिट्यान्स पठाउँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई बजेटमार्फत कम गर्ने वातावरण बनाउन आग्रह उहाँले गर्नुभयो । अहिले मध्यपूर्वबाट नेपालमा रेमिट्यान्स पठाउँदा एक पटकमा २३ रियाल तिर्नुपर्ने बाध्यता रहेको र प्रत्येक महिना पठाउँदा यसले श्रमिकहरुलाई नै मार पर्ने गरेको बताउनुभयो ।

रेमिट्यान्स पठाउँदा शुल्क महँगो भएकाले पनि कतिपयले हुन्डीमार्फत अवैधरुपमा पैसा पठाउने गरेकोतर्फ सचेत गराउँदै शर्माले तत्काल बैंकिङ च्यानलबाट पठाउँदा प्रोत्साहन र पुरस्कारको व्यस्था गर्न पनि माग गर्नुभयो ।

जवाफमा अर्थमन्त्री पुनले अहिले बजेट बनाउने बेला भएको र नेपाली श्रमिकहरुको समस्या समाधानका लागि सरकारले विशेष व्यवस्था गर्ने प्रतिबद्धता पनि जनउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *