बुढानीलकण्ठ सडक खाजा महोत्सव भव्य रूपमा सम्पन्न, स्थानीय परिकार र पर्यटन प्रवर्द्धनमा ऐतिहासिक सफलता

बुढानीलकण्ठ सडक खाजा महोत्सव भव्य, सभ्य तथा अत्यन्त सफल रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ६० वटा स्टलमार्फत रैथाने तथा स्थानीय परिकारदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध खाजाहरू प्रस्तुत गरिएको थियो। महोत्सव अवधिभर सर्वसाधारणको उल्लेखनीय सहभागिता र उत्साहपूर्ण चहलपहल देखिएको थियो। बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले स्थानीय मौलिक खानाका परिकारको संरक्षण, प्रवर्द्धन तथा पर्यटन […]

पुरा पढ्नुहोस

एमाले भोजपुरद्वारा फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि शेरधन राईको एकल सिफारिस

नेकपा एमाले भोजपुरले फागुन २१ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि केन्द्रीय सचिव शेरधन राईको नाम एकल रूपमा सिफारिस गरेको छ। मंगलबार बसेको जिल्ला कमिटी बैठकले राईको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको एमाले भोजपुरका सचिव एक्सन राईले जानकारी दिए। उनका अनुसार पूर्वअध्यक्ष शरणकुमार राईको प्रस्ताव र युवा नेता रोशन बस्नेतको समर्थनमा शेरधन राईको नाम एकल सिफारिस […]

पुरा पढ्नुहोस

काठमाडौँको गैरीगाउँमा भीषण आगलागी, नियन्त्रणका लागि ४ दमकल परिचालन

काठमाडौँको  गैरीगाउँमा मंगलबार भीषण आगलागी भएको छ। गैरीगाउँस्थित एक कारखानाको छेउमा रहेको टहरोमा आगलागी भएपछि काठमाडौँ महानगरपालिकाका चारवटा दमकल घटनास्थलमा परिचालन गरिएका छन्। नगर प्रहरीका अनुसार आगो नियन्त्रणका लागि ललितपुर महानगरपालिकाबाट समेत दमकल मगाइएको छ। आगलागी फैलिन नदिन थप सहयोग पनि माग गरिएको जनाइएको छ। महानगरको विपद् व्यवस्थापन विभाग प्रमुखसमेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद […]

पुरा पढ्नुहोस

नेप्से करिब १० अंकले उकालो, कारोबार रकम एक महिनायताकै उच्च

मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंकले बढेर २६४९ अंकमा पुगेको छ। दिनभर बजारमा उतारचढाव देखिए पनि समग्रमा सूचक हरियो रह्यो। कारोबार सुरु भएदेखि नै बढेको नेप्से ११:५७ बजे २६६२ अंकसम्म पुगेको थियो। तर त्यसपछि भने सूचक सो स्तरभन्दा माथि जान सकेन र अन्ततः सामान्य सुधारसहित बन्द भयो। आज कारोबार रकममा उल्लेखनीय वृद्धि देखिएको छ। […]

पुरा पढ्नुहोस

जेनजी आन्दोलनबारे मेयर बालेन शाहको लिखित जवाफ जाँचबुझ आयोगमा पेश

मेयर बालेन शाहले जेनजी आन्दोलनसम्बन्धी विषयमा जाँचबुझ आयोगलाई लिखित जवाफ पठाएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे बुझ्न आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो। उक्त पत्रको जवाफ आयोगले प्राप्त गरिसकेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। ‘मेयर शाहले पठाउनुभएको लिखित जवाफ आयोगमा प्राप्त भएको छ,’ प्रवक्ता शर्माले भने। आयोगले बयान […]

पुरा पढ्नुहोस

कोशी प्रदेश सरकार पुनर्गठन अन्तिम चरणमा, आज साँझ मन्त्रिपरिषद् विस्तार र शपथ

कोशी प्रदेश सरकारको पुनर्गठन अन्तिम चरणमा पुगेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्ने तयारी गरेका छन्। नयाँ मन्त्रीहरूको शपथ ग्रहण आजै साँझ ४ बजे हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिएका छन्। नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्री फेरबदल गर्ने सहमति जुटेसँगै १० जना मन्त्रीहरू परिवर्तन हुन लागेका […]

पुरा पढ्नुहोस

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट

पछिल्ला केही दिनयता नेपाली बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन दुई लाख ५८ हजार ३०० मा झरेको छ। गत मङ्गलबार दुई लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, […]

पुरा पढ्नुहोस

समानुपातिक बन्दसूची बुझाउने समय आउन एक साता बाँकी

राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय आउन एक साता बाँकी छ । एक साता अगाडि बन्दसूचीमा रहने समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य हेरफेर भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम गत मंसिर २१ गतेदेखि सुरु भएको थियो । निर्वाचन कार्यक्रम अनुसार […]

पुरा पढ्नुहोस

यी महिलाले किन डिजिटल पार्टनरसँग विवाह गरिन् ?

जापानकी ३२ वर्षीया युरिना नोगुचीले अक्टोबरमा असामान्य विवाह गरेकी छन्। उनले एआई जेनेरेटेड पर्सोना, ‘क्लाउस’सँग विवाह गरेकी हुन्, जसको वास्तविक शरिरीक उपस्थिति थिएन। विवाह समारोहमा उपस्थित मान्छेहरूले यसलाई सामान्य विवाहकै रूपमा अनुभव गरे, तर दुलहा क्लाउस डिजिटल माध्यममार्फत मात्र उपस्थित थिए। युरिनाले अग्मेन्टेड रियालिटी (AR) स्मार्ट ग्लासको प्रयोग गरेर क्लाउसलाई वास्तविकजस्तै अनुभव गरिन्, औँठी साटासाटदेखि […]

पुरा पढ्नुहोस

अध्यक्षपछि पदाधिकारीहरूको क्रम मिलाएर एमालेको पहिलो बैठकमा सीट योजना सार्वजनिक

नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले वरिष्ठताको आधारमा पदाधिकारीहरूको सीट प्लान तय गरेको छ। अध्यक्षपछिको दोस्रो वरीयतामा उपाध्यक्ष रामबहादुर थापा बादल रहेका छन्। त्यसपछि क्रमशः विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त को वरीयता कायम छ। महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा क्रमशः लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई को […]

पुरा पढ्नुहोस