ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिका ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित

अमेरिकाले विविधता लटरी आप्रवासी भिसा (DV) कार्यक्रम, अर्थात् ‘ग्रीन कार्ड लटरी’, अस्थायी रूपमा स्थगित गरेको छ। ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्णय लिएका हुन्। घटनाका मुख्य संदिग्ध, ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए। उनी सन् २०१७ मा DV लटरी मार्फत अमेरिका […]

पुरा पढ्नुहोस

सेवाग्राहीमाथि पूर्वाधार खर्च र नाफा थपिँदा इम्बोस्ड नम्बर प्लेटको मूल्य चर्कियो

लामो समयदेखि विवादमा रहेको इम्बोस्ड नम्बर प्लेटको शुल्क अस्वाभाविक रूपमा महँगो भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आन्तरिक अध्ययन समितिले निष्कर्ष निकालेको छ। समितिले हालको मूल्य संरचना अवैज्ञानिक भएको ठहर गर्दै शुल्क घटाउन सरकारलाई सुझाव दिएको छ। मन्त्रालयका सहसचिव कृष्णराज पन्थको संयोजकत्वमा गठित समितिले इम्बोस्ड नम्बर प्लेट जडानमा देखिएका समस्या र समाधानका उपाय सिफारिस गर्न […]

पुरा पढ्नुहोस

कांग्रेस निर्वाचनको प्रतीक्षामा, सरकारको तयारीमाथि शंका : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते निर्वाचन हुनुपर्ने बताएका छन्। आफ्नै निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय नेताहरूसँगको भेटघाटका क्रममा उनले निर्वाचन नै प्रजातन्त्रको आधार भएको उल्लेख गर्दै कांग्रेस निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको बताए। कोइरालाले संविधानको संरक्षण र मुलुकलाई संक्रमणबाट जोगाउन निर्वाचन अपरिहार्य भएको धारणा राखे। ‘संविधान बचाउने […]

पुरा पढ्नुहोस

हार स्वाभाविक हो, चिन्ता आवश्यक छैन – विष्णु रिमाल

नेकपा एमालेका नेता विष्णु रिमालले पार्टी महाधिवेशनमा भएको आफ्नो पराजयलाई अस्वाभाविक वा चिन्ताजनक विषय नभएको बताएका छन्। केपी शर्मा ओलीको कोर टिममा रहेका रिमाल उपमहासचिव र केन्द्रीय सदस्य दुवै पदमा पराजित भएका हुन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रिमालले महाधिवेशनको नतिजालाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेको उल्लेख गरेका छन्। उनका अनुसार महाधिवेशन असाधारण गरिमा, […]

पुरा पढ्नुहोस

एमालेको राष्ट्रिय राजनीतिमा पहिलो पटक कर्णालीको ‘इन्ट्री’

  नेकपा एमालेको इतिहासमा पहिलो पटक कर्णाली प्रदेशले केन्द्रीय पदाधिकारी पाएको छ। ११औँ राष्ट्रिय महाधिवेशनबाट यामलाल कँडेल केन्द्रीय सचिवमा निर्वाचित हुँदै कर्णालीका लागि ऐतिहासिक उपलब्धि हासिल भएको हो। २००६ साल वैशाख १० गते स्थापना भएको एमालेमा कर्णालीले पदाधिकारी पाउन करिब सात दशक कुर्नुपरेको थियो। कर्णालीमा पुराना कम्युनिस्ट नेता भए पनि केन्द्रीय नेतृत्वमा पुग्न नसक्नुको कारण […]

पुरा पढ्नुहोस

उपाध्यक्ष उठ्न नचाहेका प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। संस्थापन पक्षबाट महासचिवको टिकट नपाएपछि उनले केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका थिए। महासचिव पदका लागि दावेदारी प्रस्तुत गरेका ज्ञवालीलाई संस्थापन पक्षले उपाध्यक्षमा उम्मेदवार बनाउन चाहेको थियो। तर, उनले उपाध्यक्षमा उम्मेदवारी दिन अस्वीकार गर्दै केन्द्रीय सदस्य पदमै प्रतिस्पर्धा गरेका हुन्। ज्ञवालीले […]

पुरा पढ्नुहोस

तत्कालीन आईजीपी खापुङको बयान जारी : जेनजी घटना

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी, हाल अवकाशप्राप्त) चन्द्रकुवेर खापुङको बयान उच्चस्तरीय जाँचबुझ आयोगमा जारी छ। २३ र २४ भदौमा भएको घटनाको छानबिनका लागि गठित आयोगले बिहीबार सिंहदरबारस्थित कार्यालयमा खापुङसँग बयान लिएको हो। जेनजी घटना भएको समयमा खापुङ नै प्रहरी महानिरीक्षक थिए। उक्त घटनामा प्रहरीको गोली लागेर २३ भदौमा २२ जनाको मृत्यु भएको थियो। सो घटनामा प्रहरीले […]

पुरा पढ्नुहोस

चुनाव हुन दिन्नँ भन्ने छुट जेन–जीलाई छैन : चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चुनाव हुन दिन्नँ भन्ने छुट जेनजीलाई नभएको बताएका छन् । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो बताएका हुन् । उनले घोषित निर्वाचनलाई सफल गराउन जेनजी लगायत सबैले सहयोग गर्नुपर्ने बताए । अहिले आएर जेनजीहरुकाे स्वर परिवर्तन भएकाेमा चिन्ता व्यक्त गर्दै मेयर […]

पुरा पढ्नुहोस

श्रम संस्कृति पार्टीले गर्‍यो उपाध्यक्ष देवराज लामालाई निलम्बन

विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लामालाई काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) […]

पुरा पढ्नुहोस

१० औँ महाधिवेशनबाट निर्वाचित एमाले सचिवालयको अन्तिम बैठक

११औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । भोलिदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरू हुने हुँदा चितवन सौराहाको १०औँ महाधिवेशनबाट निर्वाचित सचिवालयको यो अन्तिम बैठक हो । प्रतिनिधि मनोनीतसहित महाधिवेशनमा केन्द्रित यो बैठकलाई चासोका साथ हेरिएको छ । एमालेभित्र पदाधिकारीमा रस्साकस्सी पेचिलो बनेपछि विधान संशोधन प्रस्ताव गर्न लागिएको छ । गत […]

पुरा पढ्नुहोस