शीतलनिवासमा ४ मन्त्रीको शपथ

नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभाका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेका थिए । लगत्तै शपथग्रहण गराइएको हो । मन्त्री बन्नेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी […]

पुरा पढ्नुहोस

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् ।

पुरा पढ्नुहोस

एमालेका अधिकांश प्रतिनिधि काठमाडौंमा

एमालेको ११औँ महाधिवेशन भोलिदेखि ३ दिन चल्नेछ । उद्घाटन सत्र भक्तपुरमा र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा गर्ने तयारी अन्तिम चरणमा पुगेको नेताहरुले जनाएका छन् । महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न र चुनिन देशभरबाट अधिकांश प्रतिनिधि आइसकेका छन् । महाधिवेशनमा करिब २३ सय प्रतिनिधिको जमघट हुँदैछ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी, गण्डकी प्रदेशका अधिकांश प्रतिनिधि आइसकेका […]

पुरा पढ्नुहोस

निर्वाचनको मिति वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्ने : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने बताएका छन् । सरकारले आगामी फागुन २१ गते निर्वचनको मिति तोकेको छ । यो मिति सारेर वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्ने महामन्त्री शर्माको भनाइ छ । महामन्त्री शर्माले वैशाखमा निर्वाचनको मिति सार्दा स्वभाविकै हुनुका तीन कारण प्रस्तुत गरेका छन् […]

पुरा पढ्नुहोस

छोरीको उपचारका लागि धुर्मुस-सुन्तली अमेरिकामा, रंगशालाको बारे यस्तो छ बकपत्र

गौतम बुद्ध क्रिकेट रंगशालाको विवाद थाँति राखेर कलाकार सिताराम कट्टेल धुर्मुस अमेरिका पुगेका छन् । छोरी सुविहानीको जटिल उपचारका लागि उनी केही दिनअघि स-परिवार अमेरिका गएका हुन् । अमेरिकाबाटै सामाजिक सञ्जालमा लामो बकपत्र लेख्दै धुर्मुसले रंगशाला निर्माणका क्रममा व्यहोरेको दु:ख र अमेरिका आउनुको पृष्ठभूमि वर्णन गरेका छन् । छोरीको नि:शुल्क उपचार सुविधा पाएकाले अमेरिका आएको […]

पुरा पढ्नुहोस

असईले गरे आफ्नै ४ महिने छोराको हत्या

सिनामंगलमा नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई)ले आफ्नै चार महिनाका छोराको हत्या गरेको घटना सार्वजनिक भएको छ। छोराको हत्या गरेको आरोपमा असई पुष्कर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार हत्यापछि फरार रहेका कार्कीलाई नागढुंगाबाट नियन्त्रणमा लिइएको हो। उनलाई अहिले परिसरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। प्रहरीका […]

पुरा पढ्नुहोस

यस्ता छन् १०७ वटा चुनाव चिह्न : प्रतिनिधि सभा निर्वाचन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह वितरण गरेको छ। आयोगमा १२० दलले निर्वाचनमा सहभागी हुन आवेदन दिएकोमा १०२ दललाई एकल रूपमा चिन्ह प्रदान गरिएको छ। संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने १२ दललाई संयुक्त चुनाव चिन्ह दिइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। कुल १४३ राजनीतिक दलमध्ये […]

पुरा पढ्नुहोस

सिमरा घटना जेनजी भावनाको दुरुपयोग : विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । नेकपा एमालेका नेताहरूलाई बारामा निषेध गरिएको घटनातर्फ इंगित गर्दै उनले बुधबार यस्तो आग्रह गरेका हुन् । महामन्त्री शर्माले सिमरा घटना जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको पनि बताएका छन् । ‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन्,’ शर्माले […]

पुरा पढ्नुहोस

आक्रोशित युवा समूहले सिमरा विमानस्थलको गेट तोड्यो

नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेट तोडेको छ । केही युवाहरु विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका हुन् । विमानस्थलको मुख्य गेटमा दुई जना मात्र प्रहरी तैनाथ थिए । युवाहरुले विमानस्थलको गेट बाहिरबाट धकेल्न थालेपछि भित्रबाट ती प्रहरीहरुले रोक्न खोजेका थिए । तर प्रहरीहरुले सकेनन् । गेट भाँचिएर प्रहरीकै […]

पुरा पढ्नुहोस

एमाले आइतबार पुनर्स्थापनाको रिट निवेदन बोकेर सर्वोच्च जादै

प्रतिनिधि सभा विघटनको विपक्षमा उभिएको नेकपा एमाले पुनर्स्थापनासम्बन्धी रिट निवेदन लिएर आइतबार औपचारिक रूपमा सर्वोच्च अदालत जाने भएको छ । मंगलबार बसेको एमाले विघटित संसदीय दलको बैठकले तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई अदालत जान अख्तियारी दिएको थियो । साथै एमालेले सबै राजनीतिक पार्टी, नागरिक समाज र सबै पेसा व्यवसायमा भएका व्यक्तिहरूलाई […]

पुरा पढ्नुहोस