नेकपा एमाले टोखा वडा नं ८ को वडा कमिटिको कार्यालय उद्घाटन गरिएको छ ।
बिहिबार वडा नं ८ गैरी गाँउमा अवस्थीत सो कार्यालयको उद्घाटन नेकपा एमाले काठमाडौ जिल्ला अध्यक्ष दिपक निरौलाले गर्नुभएको थियो ।
सोही अवसरमा वडा भित्र बिभिन्न ४ वटा टोल कमिटि गठन गरिएको छ ।
कार्यक्रममा मेयर प्रकाश अधिकारी , नगर कमिटि अध्यक्ष सत्य नारायण डंगोल , नेता केशव स्थापित लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।