कबिता – छोरी

बालसंसार

भृकुटी र सीता जस्तै म नेपालकी छोरी
नेपाली राष्ट्रियता मेरो छातीभरि

विश्वमा सगरमाथाको माया मैले छर्नु पर्छ
गौतम बुद्धको पदचाप मैले बन्नु पर्छ

वीर, वीरंगना सहिदको म पार्छु सपना साकार
प्रकृति जस्तै आमा बन्छु बदल्छु भूगोलको आकार

साना साना भाइवैनीको गुरुआमा बन्छु
ब्रह्माण्डका रहस्य सबै खोजी गर भन्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *