काठमाडौं उपत्यकामा चल्ने गाडीको भाडा बढ्यो

राष्ट्रिय

वागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । वागमती प्रदेश सरकारको राजपत्रमा जारी सूचनामा बढेको भाडा बिहीबारदेखि नै लागू  हुनेछ ।

प्रदेश सरकारले काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो । नयाँ भाडा दरअनुसार अब ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ । त्यसैगरी १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ । सरकारले वागमती प्रदेश भित्रै चल्ने सवारी साधनको भाडादरमा ८ प्रतिशतले वृद्धि गरेको छ ।

कहाँ कति वृद्धि ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *