काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन सम्बन्धी अर्को आदेश जारी-आज मध्यरातदेखि लागू हुने

राष्ट्रिय

कोभिड-१९ संक्रमण रोकथाम गर्न मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनबारे काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् । मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेला लगायतका गतिविधि गर्न रोक लगाइएको छ ।

यस्तै गाेष्ठी, सेमिनार,  बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न प्रशासनले भनेको छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन प्रशासनको सूचनामा भनिएको छ ।

सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल लगायतमा पनि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय प्रशासनले गरेको छ । धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने पनि प्रशासनको आदेशमा भनिएको छ । सार्वजनिक स्थलमा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने लगायतका निर्णय पनि प्रशासनले गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *