केही बानिमा सुधार गरे दिमागबाट टाडै रहन्छ नकारात्मक सोंच

जीवनशैली

मनिसको दिमाग न हो अनेक किसिमका सोच बिचार आइनै रहन्छन कहिले साकारात्मक त कहिले नकारात्मक । जति व्यस्त रह्यो नकारात्मक सोंचबाट त्यति नै टाढा रहन सकिन्छ । त्यसैले आफूलाई जतिसक्दो व्यस्त राख्नुहोस् ।

काम गरेर, नाचेर, गाएर, आफ्नो रुचीको काम गरेर समयको सदुपयोग गर्नुहोस् । कामको समयतालिका मिलाएर काम गर्नुहोस् र बाँकी रहेको समय खाली बिताउनुभन्दा आफ्नो हेरविचार गर्नुहोस् । बिहान छिटो उठेर या बेलुकाको समयमा केही छिन बगैंचामा या हरियाली भएको ठाउँमा बस्नुहोस् । विभिन्न अध्ययनहरुका अनुसार, हरियाली भएको ठाउँमा कम्तीमा बीस मिनेट बस्दा दिमागमा आएको नकारात्मक सोंच र तनाव हट्दै जान्छ । त्यस्तै, प्रार्थना पनि गर्न सकिन्छ, जसले दिमागलाई शान्त बनाउन मद्दत गर्छ ।

हरेक दिन बिहान पत्र-पत्रिका पढ्ने गर्नुहोस् । आफूलाई मन पर्ने भनाइ लेखेर आफ्नो कोठामा देखिनेगरि राख्नुहोस् । फुर्सदको समयमा किताबहरु र अन्य सहयोगी सामग्रीहरु पढ्नुहोस् । हरेक दिन बेलुकापख त्यो दिनमा घटेका राम्रा कुराहरु सम्झनुहोस् । आफ्नो जीवनको लक्ष्य र त्यसको लागि तपाईंले त्यो दिनमा गरेका कामहरुका बारेमा लेख्नुहोस् । त्यो दिनमा आफूबाट कुनै गल्ती भएको भए, आफूले आफूलाई माफी दिनुहोस् । त्यसलाई जीवनको पाठको रुपमा लिनुहोस् र त्यो गल्ती नदोहोर्याउने प्रण गर्नुहोस् ।

व्यक्तिगत र वातावरणको सरसफाईमा ध्यान दिनुहोस् । यसले तपाईंको वरिपरि मात्र होइन, तपाईंको दिमागलाई पनि सफा राख्न मद्दत गर्छ । प्रशस्त मात्रामा पानी पिउनुहोस् र स्वस्थ खाना खानुहोस् । कसैसंग कुरा गर्दै हुनुहुन्छ भने ठूलो आवाज भन्दा तर्कलाई महत्व दिनुहोस् । कसैसंग ठूलो आवाजमा नबोल्नुहोस्, आफूले भनेको कुरा किन भनिरहेको छु भन्ने कारण दिनुहोस् । आफ्नो आवेगलाई होइन विचारलाई प्रस्तुत गर्नुहोस् । र, यो स्विकार्नुहोस् कि सबैको विचार फरक-फरक हुन्छ ।

बाटोमा भेटघाट भएका, गाडीमा भेट भएका व्यक्तिहरुसंग मुस्कुराउनुहोस् । कृपया, धन्यवाद, माफी जस्ता शब्दहरुको प्रयोग गर्नुहोस् । ती शब्द बोल्दा ती शब्दको भावना व्यक्त गर्नुहोस् । सहयोगको खाँचो भएका व्यक्ति देख्नुभयो भने सहयोग गर्नुहोस् । तपाईंका यी बानीले तपाईंको दिमाग, मनलाई स्फूर्त बनाउँछन् । तपाईं आफै मुस्कुराउन थाल्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *