साङ्लामा पाटी परित्याग गरि एमालेमा प्रवेश गर्नेको लर्को ,केपी ओलीद्वारा पार्टीमा स्वागत

स्थानीय

तारकेश्वर वडा न.१ साङ्लामा सत्तारुढ दल नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र परित्याग गरि ४७ जना नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन ।

आज बालकोटमा आयोजित एक कार्यक्रम बिच नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सदस्य तथा स्वतन्त्र वडा अध्यक्षका उमेद्धवार बिक्रम श्रेष्ठ , कांग्रेसका कृयाशिल सदस्य प्रदिपमान सिंह कुँवर , रामशरण सापकोटा ,सवीन नेपाल , कुँवेर बुढाथोकी , कपील अधिकारी , रबीन्द्र लवट लगायत ४७ जना युवा एमाले प्रवेश गरेका हुन। उहाँहरुलाई एमाले अध्यक्ष के.पी शर्मा ओलीले खाँदा लगाएर स्वागत तथा बधाई ज्ञापन गुर्नुभएको छ ।

स्वतन्त्र उमेद्धवार तथा ईन्जिनियर समेत रहेका बिक्रम श्रेष्ठले आफू लामो समय देखी नेपाली कांग्रेसमा रहि सक्रिय राजनिती गर्दै आएको तर कांग्रेस भित्र चरम गुट उपगुटले पार्टी कम्जोर बन्दै गएको र अराजक, अवसरवादी प्रबृद्धी हावी भएकै कारण अब युवाहरुको भबिस्य कांग्रेसमा नभएका कारण आफू पाटी परित्याग गरि एमाले प्रवेश गरेको बताए ।

अन्य युवाहरुले पनि लामो समय देखि आफुहरु अग्रपंक्तिमा रहेर काम गरिरहदा पनि पाटिले कुनै पनि मुल्यांकन नगरेको र आफ्नै आसेपासेको मात्र चित्त बुझाउने काम गरेको कारणले पाटी छोडि एमाले प्रवेश गरेको बताए ।

वर्तमान समयको आवश्यकता एमाले पार्टी नै रहेको बताउदै नवप्रवेशी युवाहरुले एमाले संस्थागत ढंगले संचालन हुँदा जनविश्वास बढ्दो रहेको र देशव्यापी रुपमा एमालेको पक्षमा जनलहर आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *