तारकेश्वर गाउँपालिकाको भवन १० करोडमा बन्दै

राष्ट्रिय स्थानीय

तारकेश्वर गाउँपालिकाको कार्यालय भवन अहिले धमाधम निर्माण भइरहेको छ।

गाउँपालिकाको बहुवर्षीय योजना अन्तर्गत १० करोड ५० लाख रुपैयाको लागतमा भवनको निर्माण भइरहेको पालिकाकाले जनाएको छ। लिफ्टसहितको दुई तल्ले भवन २२ कोठे हुने गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बताए। दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए।

भवन बनेपछि स्थानीयको सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *