तारकेश्वर नगरपालिकाद्धारा ८० जना कृषकलाई काउम्याट वितरण

कृषि-पर्यटन स्थानीय

तारकेश्वर नगरपालिकाको पशुसेवा शाखाले नगरभित्रका ८० जना किसानलाई एक एक वटा काउम्याट (गाईलाई विछ्याउने गुन्द्री ) वितरण गरेको छ । नगरपालिकाको ले ५ लाख ८० हजार रकम बराबरको काउम्याट ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

बजार मुल्य प्रति म्याट करिब सात हजार रहेको उक्त काउम्याटलाई नगरपालिकाले रु ३५ सयमा किसानलाई उपलब्ध गराएको नगरपालिकाको पशुसेवा शाखाले बताएको छ । नगरपालिकाले कृषकलाई चाँडै नै बर्खे घाँसको विउ तथा पशुपंछीका लागि जुकाको औषधी समेत नि:शुल्क वितरण गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *