तारकेश्वर वडा न १ मा काङ्ग्रेसको मोटरसाइकल र्‍याली सहित घरदैलो अभियान

स्थानीय

तारकेश्वर नगरपालिकामा यति बेला चुनावी माहोल तात्दै गएको छ। राजनीति दलका उम्मेदवारहरु मतदाताका घर घरमा गई मत माग्न ब्यस्त देखिन्छन् ।

तारकेश्वर वडा न.१ मा नेपाली काङ्ग्रेसले आज मोटरसाइकल र्‍याली सहित मतादाताको घर दैलोमा पुगि मत मागेको छ । तारकेश्वर वडा न.१ का वडा अध्यक्षका उमेदवार अजय थापा वडा सदस्यका उमेदवारहरु सरस्वती पोखरेल तिमिल्सिना , रिता मिजार, किरण लामा, रत्नलाल पुतुवार लगायत नेपाली काङ्ग्रेसका अन्य नेता कार्यकर्ताहरु वडा न.१ का मतदाताहरुको घर घरमा गई मत मागेका हुन।

अध्यक्षका उम्मेदवार अजय थापाले आफुले गर्ने कामको प्रतिबद्धतासहित घरदैलो अभियानलाई तिब्रता दिएका हुन्। चुनाव जिते ५ बर्षको अवधिमा सुशासन, भौतिक विकास, सार्वजनिक सम्पतिको संरक्षण, स्वास्थ्य बिमा कार्यक्रम, प्राकृतिक विपद तथा महामारी नियन्त्रण, वातावरणको संरक्षण, अशक्क्त तथा ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था, शिक्षा तथा सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि आफुले काम गर्ने बताएका छन् । जनताका न्युनतम आधारभूत आवश्यकता नै आफनो चुनावी एजेन्डा भएको बताउने थापालाई घरदैलो अभियानमा मतदाताले, परिर्वतन र विकासको पक्षमा मत दिने बताएका छन् ।

घरदैलो अभियानमा नाचगान सहित नेपाली काङ्ग्रेसको मोटरसाइकल र्‍याली बिहानी चोक, छाप, साङ्ला, पटापु, जगात ,कुन्चिप्वकल हुँदै ढकाल चौर सम्म पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *