नीता अब गायिका

मनोरन्जन

पछिल्लो समय अभिनेत्रीहरु धमाधम गायनमा समेत देखिन थालेका छन् । रेखा थापा, निरुता सिंह, परमिता आरएल राणा, अनु शाह, प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ लगायत नायिकाको नाम गायिको लिष्टमा समेत समावेश भएको छ । यो भिडमा नीता ढुंगाना पनि थपिएकी छन् ।

नीताले आफ्नै स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएर आफूलाई गायिकाको रुपमा समेत चिनाएकी हुन् ।
उक्त भजनको भिडियो समेत उनले आफ्नै प्रोडक्सन हाउस नीता फिल्मस्बाट गराएकी छन् । जसको छायाँकन शनिवार राजधानीमा गरिएको छ । भजनको भिडियोमा उनले नै अभिनय गरेकी छन् । भिडियो छिट्टै सार्वजनिक हुने बताइएको छ ।

नीताले आफ्नो नामबाट नीता फिल्मस् राखेकी हुन् । यसबाट उनी छिट्टै फिल्म समेत निर्माण गर्दैछिन् । जसको निर्देशन समुन्द्र भट्टले गर्ने भएका छन् । फिल्ममा उनको जोडी कोशिश क्षेत्री हुनेछन् । कोरोनाको कहरको अत्यपछि फिल्म छायाँकनमा जाने उनले बताउँदै आएकी छन् ।

बालकलाकारको रुपमा अभिनय थालेकी नीताका फिल्मको अलवा म्युजिक भिडियोको समेत रोजाइकी मोडल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *