बिर्सने रोग अल्जाइमर- यस बाट कसरी बच्ने ?

शिक्षा/स्वास्थ्य

तथ्यांक डरलाग्दो छविश्वमा औसत हरेक तीन सेकेन्डमा एक जना व्यक्तिले स्मरण क्षमता गुमाउने गर्छ । तथ्यांक निकै डरलाग्दो छ । विगतमा बुढापाकालाई मात्र बिर्सने रोग अल्जाइमरको समस्या हुन्थ्यो । तर अहिले भने युवा र वयस्क समेत यसको शिकार हुने गरेका छन् ।

अल्जाइमर रोगको बृद्धिदर तीब्र भएकोले आगमी सन् २०३० सम्ममा यस रोगबाट पीडित हुनेको संख्या सात करोड बढी हुने आंकलन गरिएको छ । दक्षिण एसियामा मात्र ९८ लाख मानिस यस रोगबाट पिडित भएको विश्व अल्जाइमर रिपोर्टले जनाएको छ

के हो त अल्जाइमर रोग ?

अल्जाइमर भएमा व्यक्तिको मस्तिष्कको कोषिका सुकेर तथा क्रमश खिइएर स्मरण शक्ति कमजोर हुन्छ । यो मस्तिष्क सम्बन्धि समस्या भएकाले यसलाई न्यारोडिजेनेरेटिभ रोग पनि भन्ने गरिन्छ । यो रोगका कारण मस्तिष्कको कोषिकामा लगातार क्षति पुग्ने गर्छ ।

किन हुन्छ अल्जाइमर ?

उमेरका कारण पनि मानिसलाई अल्जाइमर रोगको जोखिम बढ्ने गर्छ । त्यस्तै, अल्जाइमर हुनुमा ७० प्रतिशत कारण वंशाणुगत कारण हुने गर्छ । त्यसबाहेक, उच्च रक्तचाप, टाउकाको चोटपटक, मोटोपना लगायतका कारण पनि अल्जाइमर हुनसक्ने भएकाले पछिल्लो समय अल्जाइमर रोग विश्वका लागि नै ‘थ्रेड’ बन्दै गएको छ । त्यसैलाई मध्य नजर गरेर यसबारे जनचेतना जगाउन पनि जनचेतना फैलाउन आवश्यक छ ।

लक्षण

–विर्सने (हालसाल तथा ४८ घण्टा भित्र गरेको काम तत्काल विर्सने)

–सोच्ने क्षमतामा कमी आउने

–व्यवहारमा परिवर्तन

–बोल्न तथा निल्नमा कठिनाई हुने

–उदासीपना बढ्ने

–र, यो समस्या बढ्दै गएमा व्यक्तिले वरिपरिको मान्छे समेत चिन्न छाड्ने ।

अल्जाइमर रोगको चरण

सामान्यतया , अल्जाइमर रोगको तीन चरण हुन्छ ।

प्रारम्भिक चरण- प्रारम्भिक चरणमा रोगीको साथी , परिवार लगायतका अन्य व्यक्तिहरुलाई यो समस्या महसुस हुन सक्छ । यद्यपी, यो रोग लागेका मानिसहरु सजिलै ड्राइभ तथा अन्य कार्य गर्न सक्दछ । यसका बाबजुद पनि रोगीलाई कुनै कुरा स्मरण गर्न समस्या हुनसक्छ । र, आफूले जानेको शब्द वा आफूले प्रयोग गर्ने वस्तु कहाँ राख्ने गरेको छ भनेर विर्सने, नाम समस्या हुने, पढेको कुरा विर्सने, कुनै योजना बनाउनमा असमर्थ हुने गर्दछ ।

मध्यम चरण-अल्जाइमर रो मध्यम चरणमा रहेमा यो रोग वर्षौसम्म रहिरहन सक्छ । जति जति रोग बढ्दै जान्छ, व्यक्तिलाई उति नै धेरै हेरचाहको आवश्यकता पर्न सक्छ । किनकी अल्जाइमरबाट ग्रसित व्यक्ति प्राय शब्दलाई लिएर दुविधामा पर्ने गर्छ, र अचम्मको व्यवहार गर्न थाल्छ ।

त्यसबाहेक यो, समस्या भएका व्यक्तिले आफ्नो विगतलाई नै विर्सने, मुडी हुने, आफ्नै घर तथा अफिसको ठेगाना पनि विर्सने, मौसम तथा विशेष अवसरमा लुगा छान्नमा कठिनाई हुने, पिसाब तथा दिशा रोक्नमा कठिनाई महसुस गर्ने, रातको सट्टा दिनमा सुत्ने र रातभर बेचैन रहने र व्यवहारमा परिवर्तन देखाउन थाल्छ ।

अन्तिम चरण-यस चरणमा व्यक्ति वरिपरिको वातावरण प्रति प्रतिक्रिया जनाउन, वरिपरिका मानिससित बोलचाल गर्न तथा आफ्नो गतिविधिलाई नियन्त्रण गर्न असर्मथ हुने गर्छ । परिणामस्वरुप, उनीहरुको स्मरणशक्ति जति जति कम हुँदै जान्छ, व्यक्तिमा परिवर्तन देखिन थाल्छ ।

र, उनीहरुलाई सधैभरी हेरचाह गर्नु पर्ने, वरिपरिको वातावरणको बारेमा लगातार स्मरण गराई रहनु पर्ने, खान, निल्न तथा बोल्न सिकाइराख्नु पर्छ ।

कसरी बच्ने ?

अल्जाइमर रोगबाट बच्ने निश्चित उपाय छैन । वैज्ञानिकहरु अझै पनि यसको अनुसन्धानमा जुटेका छन् । यद्यपि मुटु रोगको जोखिम, कोलेस्ट्रोल नियन्त्रण, मोटापना नियन्त्रण तथा मधुमेहलाई नियन्त्रण गरेर पनि अल्जाइमरको जोखिमलाई कम गर्न सकिन्छ । त्यसबाहेक, युवा अवस्था देखि नै नियमित व्यायाम गरेर पनि अल्जाइमरको जोखिमलाई कम गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *