महान् व्यक्तिका महान् भनाइहरू-प्रेरक भनाइ

शिक्षा/स्वास्थ्य

१. सन्तोषभन्दा ठूलो सुख अर्को छैन । असन्तुष्ट मानि संसारभरीकै वैभव पाए पनि सुखी र आनन्दित हुन सक्दैन । एउटा पाएको हुन्न अर्को आवश्यकताको पहाड खडा भइसकेको हुन्छ तर सन्तोषीहरूका अवस्था बेग्लै छ । उनीहरू नरम पलङमा जुन आनन्द पाउँछन् सुकुल र गुन्द्रीमा पनि उति नै सुखी र आनन्दित भइरहेका हुन्छन् । -महात्मा गौतम बुद्ध

२. क्षमा, दया, सरलता, पवित्रता र सत्यतामा रहनु भनेको अमृत पान गरे सरहको अवस्थामा पुग्नु हो । जुन मानिसमा यस्ता गुण हुन्छन् उनीहरूको भौतिक शरीर नरहे पनि यश र कीर्ति भने चिरकालसम्म स्थिर रहन्छ । -आचार्य चाणक्य

३. सत्कर्मले कमाएको धन नै सच्चा धन हो । यस्ता धन टिकाउ हुन्छन्, पुस्तौँसम्म रहन्छन् । दुष्कर्मले कमाएको धन भने क्षणिक मात्र हुँदैन त्यसको राप र तापले जीवनभर पोलिरहन्छ । -सन्तशिरोमणि विदुर

४. राम्रो काम र कुरालाई असर गर्न बेर लाग्छ । तत्कालै भएन भनेर आत्तिनुहुँदैन तर खराब काम र कुराले भने तत्कालै असर गर्न थाल्छ । त्यसैले यस्ता काम र कुराबाट हमेशा टाडा रहने प्रयास गर्नुपर्छ । -महात्मा गान्धी

५. शान्तिको विजय नै सही विजय हो । शान्तिको विजय चिरस्थायी हुन्छ भने शक्तिको विजय क्षणिक हुन्छ । यस्ता विजयलाई सही विजय भन्न मिल्दैन । किनभने यसले शत्रुतामाथि पूरा विजय प्राप्त गर्न सक्दैन । त्यसैले विजय हामेशा शन्तिद्वारा प्राप्त गर्ने प्रयास गनुृपर्छ । -जोन मिल्टन

६. सही आनन्द त्यतिबेला पाइन्छ, जतिबेला आफ्नो सबै शक्तिलाई न्याय र विवेकपूर्ण कार्यमा लगाउन सकिएको हुन्छ । अन्यथा आनन्द प्राप्तिको चाहना दिवास्वप्न बाहेक केही हुँदैन । -नीति वचन

७. जसमा जानेको छु भन्ने घमन्ड छ उसले केही जानेकै हुँदैन तर जसले जानेको छैन भन्ने गरेको छ उसले भने जानेको हुन्छ ।  -उपनिषद् दर्शन

८. संसारमा केही पनि आफैँमा असल र खराब हुँदैनन् । अपितु हामी आफ्नै विचारले नै तिनलाई असल र खराब बनाउने गर्छौँ । -शेक्सपियर

९. जसले प्रतिकुल परिस्थितिमा शत्रुलाई पनि सम्मान गर्न जानेको छ, सकेको छ, सिकेको छ उसैको जीवन सार्थक हुन्छ । -महर्षि वेदव्यास

१०, विनम्रता नै सबै गुणको आधारशिला हो । यसैबाट अन्य गुणको विकास हुने गर्छ । त्यसैले ज्ञानी र गुणी हुन चाहनेले पहिले विनम्र हुन जान्नुपर्छ । -चिनियाँ दार्शनिक कन्फ्युसियस

११. सही सुन्दरता भनेको मनको सुन्दरता हो, जुन टिकाउ हुन्छ । त्यस्तै जवानीको सुन्दरता भनेको फूलेको फूल जस्तो हो, जुन कति बेला ओइलाउँछ पत्तै हुँदैन । –

१२. गङ्गामा डुबुल्की मार्दैमा धर्म हुने भए दुनियाँमा माछा र भ्यौता जति धार्मिक कोही हुने थिएनन् । -गरुडपुराण, सारोद्धार

१३. शरीरमा खरानी घस्दैमा सन्यासी हुने भए कुकुर, सुङ्गुर र गधा जति सच्चा सन्यासी कोही हुने थिएनन् । -गरुडपुराण सारोद्धार

१४. जसले आफ्नो लागि मात्र पकाएर खाने गरेको हुन्छ उसले आफ्नै पाप खाइरहेको हुन्छ । -श्रीमद्भगवत गीता

१५. कसैले ब्रत बसेर भगवान्लाई खुसी पारेको छु भन्ने गरेको छ भने त्यो उसको मनोभ्रम बाहेक केही होइन । वास्तवमा उनीहरूले आफ्नै मासु खाइरहेका हुन्छन् । -आचार्य रजनीश

१६. पूजा गर्ने हातभन्दा कर्म गर्ने हात महान् हुन्छ । -सत्यसाइ बाबा

१७. अरूलाई दोष दिनु भनेको आफैँ दोषी हुनुको प्रमाण हो । -नीतिवाक्य

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *